0
कावासोती, २८ असोज - पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा जङ्गल (४० किलोमिटर)मा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना १४ प ६३८७ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख ४०२९ नंको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार नवलपरासी देउराली-२ कोलियाका २६ वर्षीय दीपेन्द्र कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक फणिन्द्र शर्माले जानकारी दिनुभयो।

दुर्घटनामा घाइते कुमालको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। हिजोआज पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी खण्डमा दैनिकजसो नै सवारी दुर्घटना हुने गरेका छन्।
Next
This is the most recent post.
Previous
Older Post

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top